मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्थ डे कहिल्लै मनाउँदिन : बिनिता बराल

फिल्मीखबर, काठमाण्डौ, 2012/10/08

गत बर्षको ब्लकबस्टर फिल्म 'चपली हाईट' कि नायिका बिनिता बराल आजबाट २४ औं बसन्तमा पुगिन् । आज आफ्नो बर्थ डे भए पनि उनले सेलिब्रेटका लागि कुनै योजना बनाएकी छैनन् ।


'जब सम्म म यो देशको लागि कुनै नौलो काम गर्दिन तब सम्म जन्मदिन सेलिब्रेट गर्दिन', बिनिता भन्छिन्, 'धुमधामसँग आफ्नो जन्मदिन मनाउन म त्यहि दिनको प्रतिक्षामा छु ।' अहिले सम्म कुनै नयाँ काम नगरेको बताउँने बिनिताले अहिले सम्म जन्मदिन भनेर भव्य तरिकाले नमनाएको बताईन् । उनले भनिन्, 'घरमा सामान्य तरिकाले मनाउनु छुट्टै छ तर एक दिन पक्कै भव्य तरिकाले सेलिब्रेट गर्नेछु ।'

 

बिहानै मन्दिर पुगेकी बिनिताले दिनभर परिवारसँगै समय बिताउँने छिन् । साँझ पनि पशुपती मन्दिर गएर पुजाआजा गर्ने उनको योजना छ । दोस्रो फिल्म फुलस्टपबाट सोचे अनुरूपको प्रतिक्रिया पाउन नसकेकी बिनिता अहिले स्क्रिप्ट छनोटमा नै व्यस्त रहेको बताउँछिन् । उनी भन्छिन्, 'अफर धेरै आएको छ तर म कन्भिन्स हुन सकेकी छैन ।' बिनितालाई जन्मदिनको उपलक्ष्यमा फिल्मीखबरको तर्फबाट शुभकामना !