मच्छिन्द्र क्लबको आयोजनामा सम्पन्न भएको प्रथम नेवाः फिल्म फेस्टिभल ने.सं. ११३२ को समापन भएको अवसरमा नेवाः जागरण संकिपा चलचित्र समितिले नेपाल भाषाको फिल्म क्षेत्रका विविध पक्षलाई लिएर एउटा अर्न्तक्रिया कार्यक्रम गरेको छ ।
क्लबका अध्यक्ष जिवेन्द्रलाल कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संकिपा समितिका प्रमुख एवं पत्रकार तथा निर्देशक विजयरत्न असंबरेले 'नेवाः संकिपाया समस्या व समाधान' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । एउटा उत्कृष्ट फिल्ममा हुनुपर्ने तत्वहरु लगायत नेपाल भाषा लगायतका आदिबासी जनजाति भाषाका फिल्महरुले भोग्नु परेको समस्याहरु र त्यसको समाधानको उपायबारे बृहत छलफल भएको उक्त अर्न्तक्रिया कार्यक्रममा छायाँकार गौरी शङ्कर धुँजु, फिल्म सम्पादक तथा निर्देशक मानिकरत्न तुलाधर, संध्या टाईम्स पत्रिकाका सम्पादक सुरेश किरण मानन्धरले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।
कार्यपत्र माथि छलफल गर्ने क्रममा गुण सिनेमाका वत्स शाक्य, नेवाः फिल्म फेस्टिभलका आयोजन समितिबाट पवित्र कसाः र आलोक सिद्धि तुलाधर तथा नेवा जागरण मञ्चका अध्यक्ष सुजिब बज्राचार्य लगायत वक्ताहरुले पनि आ-आफ्नो मन्तब्य राखेका थिए । फेस्टिभललाई विभिन्न रुपमा सहयोग गर्ने मिडियाहरु लगायत विभिन्न संस्थाहरु र व्यक्तिहरुलाई प्रमुख अतिथी केल टोलका जेष्ठ नागरीक ९८ वर्षीय प्राणमाया कर्माचार्यले कदरपत्र प्रदान गरेकी थिईन् भने सभाको सभातित्व क्लबका अध्यक्ष जिवेन्द्रलाल कर्माचार्यले गरेका थिए ।