
प्रसंग हो पचास बर्ष पछीको नेपाल देखिने गरी सुटिङ भईरहेको फिल्म नोटबुकको जसको बजेट स्टोरीले निर्देशक निर्माताको पानी बाराबारको अवस्था सृजना भएको छ ।
यध्यपी झण्डै एक हप्ताको बोलचाल बन्द भएपछि अहिले उनीहरुको सम्बन्ध फिल्म सिध्याउञ्जेल सम्मका लागि मात्र न्यानो बनाईएको छ । यस अघि प्रज्ञा जोशीको तीन वटा फिल्मलाई निर्देशन गरिसकेका निर्देशक योगेश घिमिरेको निर्माता जोशीसंग बजेटको बिषयले सम्बन्ध बिग्रिएको हो ।
नोटबुक श्रोत अनुसार दुई हप्ता अघि सुष्मा कार्कीको आईटम गित खिच्ने क्रममबाट उनीहरुको सम्बन्ध बिग्रिएको हो । श्रोत अनुसार ४ लाखमा सकिने भनिएको आईटम गितको खर्च ८ लाख पुगेपछि योगेशसंग जोशीको दुरी बढेको हो । 'डाईरेक्टरले फिल्मको बजेट कति लगाउछ त्यो उसैलाई थाहा हुँदैन किनकी निर्माताको एउटा बजेट हुन्छ अनि सम्बन्ध विग्रन कति बेर लाग्छ र ?' जोशीको भनाई उदित गर्दै श्रोत भन्छ ।
भब्य सेटमा तीन दिन लगाएर खिचिएिको आईटम गितका लागि सो युनिटले सुष्मा कार्कीलाई एक लाखमा अनुबन्ध गरेको थियो । आफ्नो परम्परागत कार्यशैलीलाई पुरै परिवर्तन गर्दै फिल्म निर्देशन गरिरहेका योगेशले सुटिङ यूनिटमा पनि आफ्नो ब्यबहार पुरै परिवर्तन गरेको नोटबुकका अर्का एक सदस्य बताउछन् । विवादमा नपार्न आग्रह गर्दै उनले भने, 'यसरी सुटिङ गर्दा हामीलाई पनि मज्जा आईरहेको छ तर निर्माता र निर्देशकको अन्तिम समयमा दुरी बढ्दा काममा असहजता भएको यथार्थ हो ।' अहिले नोटबुक युनिट पूर्वको ईलाममा छ ।

९ दिन अघि ईलाम पुगेको टोली भोली फिल्म प्याकअप गर्दै काठमाण्डू फर्किने छ । सम्बन्ध बिग्रिएको सम्बन्धमा निर्देशक घिमिरेलाई सोधिएको प्रश्नमा उनले घुमाउरो पारामा स्वीकार गर्दै भने, '८० लाखमा फिल्म सिध्याउने योजना थियो तर अब १ करोड २५ सम्म पुग्ने निश्चित भएकाले केही कुरा बाहिर आएको होला ।' यध्यपी आफूहरुको सम्बन्ध विगतको जस्तै राम्रो रहेको उनले दावी गरे । यता निर्माता जोशीले सोचे भन्दा बढी बजेट भएकाले सामान्य विवाद मात्र भएको बताएकी छिन् । तर निर्देशक र निर्माताको बिचमा रहेका श्रोत अनुसार बिग्रिएको उनीहरको सम्बन्ध सुधार हुने अवस्था न्यून छ ।
नोट: सुटिङ सुरु भईसकेपछि निर्माता निर्देशक र प्रोड्क्सन म्यानेजरको पर्याप्त मात्रामा ट्यूनिङ नमिल्नु तथा दुरदर्शीपना नहुनुले अधिकाश फिल्मको सुटिङ युनिटमा बजेटको बिषयमा विवाद उत्पन्न भईरहेका उदाहरण धेरै छन् यहाँ । नोटबुकमा जीवन लुईटेल, नीता ढुङगाना र नयाँ हिरो शेन सापकोटा प्रमुख भूमिकामा छन् ।