मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(18 votes, avg 5.00/5.00)
Text size:-
+
-

बेनीको बसमा राजेश हमाल सरर (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2012/10/07

२५ बर्ष फिल्म क्षेत्रमा बिताएर पनि नाच्न कमजोर मानिएका महानायक राजेश हमाललाई आईतवार करियोग्राफर शंकर बिसीले भने नचाए । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीतमा उदित नारायण झा र संजिवनीले स्वर दिएको फिल्म मेरो जीवन साथीको 'सररर बेग मारी बेनीको वस आयो..' बोलको गीतमा शंकरले राजेशलाई सजिलै नचाएका हुन् ।

 

'कलाकार अनुसारले हामीले स्टेप सोच्नु पर्छ र मैले राजेश दाईलाई पनि उहाँको क्षमता अनुसार कै स्टेप गराएँ', करियोग्राफर शंकरले भने, 'मेरो स्टेपलाई उहाँले सजिलै टिप्नु भयो ।' राजेशसँगै शंकरले अर्का नायकद्धय रेश मरहठ्ठा र शिबन पोखरेल र नायिका रागिनी खड्गीलाई पनि सजिलै नचाए । गीत र कलाकार अनुसार स्टेपलाई ध्यान दियो भने दर्शकलाई हेर्न मज्जा आउने शंकरको भनाई छ ।

 

बालाजु स्थित चलचित्र विकास कम्पनीको ल्याबमा राजु पेन्टरले करिब तीन लाख खर्चेर सेट तयार पारेको बताउँदै फिल्मका निर्देशक दिवाकर भट्टराईले गीत रि-सुट गर्दा खर्च बढे पनि आफूलाई आत्मसन्तुष्टी भएको बताउँदै गीत निकै राम्रो बन्ने बताए । यता निर्माता सूर्य कार्कीले पनि फिल्मलाई आकर्षक बनाउन रि-सुट गर्न राजि भएको बताए । यसअघि यो गीतमा सुटिङ भईसकेको थियो तर निर्माण युनिटलाई चित्त नबुझेर रि-सुट गरिएको हो ।

 

सुटिङमा बारम्बार डाक्दा पनि नायिका रेखा थापा र शुष्मा कार्की नआईदिंदा चित्त दुखेको निर्देशक भट्टराईको भनाई छ । उनी भन्छन्, 'कलाकारहरू आफ्नो काम प्रति जिम्वेवार नबन्दा त्यसको प्रत्यक्ष असर हामी क्रियटरलाई पर्दो रहेछ ।'



मंसिर १५ गते रिलिज हुन लागेको फिल्म 'मेरो जीवन साथी' लाई रामेश्वर कार्कीले खिचेका हुन् भने कथा लेखन सामिप्य तिमल्सिनाको हो । फिल्मको भोली सोमबार पनि ल्याबमा नै सुटिङ गरि प्याकअप गरिनेछ ।