
छोटा फिल्महरुको महोत्सव एकादेशमा श्रृखला अन्र्तगत हिजो शनिबार प्रिमियर गरिएको धन्दा फिल्मको ट्रेलरलाई अनलाइन रिलिज गरिएको छ ।
सुर्दशन थापाको ट्रनिंग फिल्मको रुपमा हेरिएको यो फिल्मको ट्रेलरको अनलाईन प्रिमियर डिमान्ड बढेपछि आज नै रिलिज गरिएको हो । अर्पण थापा लिड रोलमा रहेको सो फिल्मको कथा स्वयम अर्पणले नै लेखेका हुन् । ट्रेलरमा अर्पण निकै डर लाग्दो लुक्समा देखिएका छन् ।
फ्राइडे फिल्मसको ब्यानरमा गितकार बाबुराम दाहालसंगको संयूक्त लगानीमा सुर्दशनले निर्माण गरेको यो फिल्मको रिलिज डेट पौष १३ तोकिएको छ । यो फिल्ममा थिएटरका कलाकारहरु हावी छन् ।