मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

मन्जरी रिलिज डेट फिक्स

फिल्मीखबर, काठमाण्डौ, 2012/10/07

 

टुका ईन्टरटेन्मेन्टले निर्माण गरेको पहिलो फिल्म मन्जरीको रिलिज डेट फिक्स भएको छ । 
 
गणेश देव पाण्डेको निर्देशनमा तयार भएको सो फिल्म आउदो माघ १९ को मितिदेखि देशब्यापी रिलिज हुने प्रोड्यूसर नरेश पाण्डेले जानकारी दिएका छन् । फिल्मलाई प्रदीप उदयको डिष्ट्रीब्यूसन कम्पनी द्धारिका ईन्टरटेन्मेन्टले रिलिज जिम्मा लिएको छ । उदयका अनुसार देशभरिका ६० बढी हलहरुमा एकैसाथ यो फिल्म लाग्ने छ । 
 
८० लाख बजेटको  उक्त फिल्मको पोष्ट प्रोडक्सनको काम जारी छ । बरिष्ठ कलाकार टिका पहाडी सहित उनका  छोरा गौरव र  सुजाता कोईरालाको डेब्यू फिल्म 'मन्जरी' रोमान्टिक ड्रामा  जनरको हो । सो फिल्मको कथा बुटवलमा घटेको एउटा सत्य घटनालाई उठाएर तयार गरिएको  बताईएको छ । बर्षिक ३ वटा फिल्म निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको टुका ईन्टरटेनमेन्टले थप दुई फिल्मको स्क्रिप्टमा अध्ययन जारी भईरहेको जनाएको छ ।