
कार्तिक ३ गते राजधानी बाहिर र १० गते राजधानी भित्र रिलिज हुन लागेको फिल्म 'धुँवा यो नशा' को गीत सार्वजनिक गरिएको छ । फिल्मको 'अहँ मन मान्दै मान्दैन...' बोलको गीतलाई फिल्मीखबरले अफिसियल रूपमा सार्वजनिक गरेको हो ।
लोचन घिमिरेको शब्द तथा संगीतमा प्रमोद खरेल र श्रेया सोताङको स्वर रहेको सो गीतमा आर्यन सिग्देल र निशा अधिकारीले आफ्नो मन नमानेको भावना गीत मार्फत व्यक्त गरेका छन् । सोसल ड्रामा शैलीको 'धुवाँ यो नशा' लाई रिजाल एण्ड रिजाल प्रोडक्सनको व्यानरमा राम प्रसाद रिजालले निर्माण गरेका हुन् भने निर्देशन लक्ष्मण रिजालले गरेका हुन् ।
पछिल्लो समय प्रतिक्षित फिल्मको लिस्टमा परेको यो फिल्ममा आर्यन र निशाको साथमा रजोल सिलवाल, युवराज पोखरेल, दिपेश कडरिया र डिबी लामाको मुख्य भुमिका रहेको छ । लागु पदार्थ दुर्व्यसनीको साथमा एक प्रेमीकोको भूमिकामा प्रस्तुत भएका आर्यनले आफ्ना अन्य फिल्म भन्दा फरक चरित्रमा रहेर यो फिल्ममा अभिनय गरेका छन् । त्यसैले पनि यो फिल्म दर्शकका लागि मात्र हैन आर्यन स्वमका लागि प्रतिक्षित छ ।
स्मरण रहोस् शनिबार सम्पन्न इमेज अवार्डमा यहि फिल्मको बाँध न बाँध बोलको गीतले सर्वोत्कृष्ट फिल्म गीतको अवार्ड पाएको छ । सो गीतमा पनि लोचन घिमिरेकै संगीत रहेको छ ।