मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छोटा फिल्महरुको महोत्सवमा धन्दा सहित पाँच फिल्मको ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/10/06

दुई दिने छोटा फिल्महरुको महोत्सव एकादेशमा श्रृखला अन्र्तगत आज पाँच वटा ठूला फिल्महरुको ट्रेलर रिलिज गरिएको छ । अन्डरग्राउन्ड टाकिजको आयोजनामा सुरु भएको उक्त महोत्सवको उद्घाटन सत्रमा पन्ध्र मिनेटको बाँसुल्ली फिल्मको प्रदर्शन संगै पाँच फिल्मको एक्सक्लुसिभ ट्रेलर रिलिज गरिएको हो ।

 

यहि पौष १३ गते देखि देशब्यापी रिलिज हुने सुदर्शन थापा निर्देशित प्रतिक्षित फिल्म 'धन्दा' सहित केशव पाण्डेको 'कारा', प्रविन स्याङबोको 'अध्ययाय', मनोजबाबु पन्तको 'कश्मिरी गलबन्दी' र जोएस पाण्डेको 'साँघुरो' फिल्मको ट्रेलर रिलिज गरिएको हो । ट्रेलर रिलिज संगै पाँच फिल्मका निर्देशकले आफ्नो फिल्मको उपस्थित दर्शकलाई जानकारी गराएका थिए ।

 

 

सार्वजनिक ट्रेलर मध्ये धन्दाको ट्रेलर १ मिनेट ४५ सेकेण्डको थियो जहाँ अर्पण थापालाई डरलाग्दो रुपमा निर्देशकले प्रस्तुत गरेका छन् । सोसल साईट यु ट्युवमा केही दिनपछि मात्र रिलिज गरिने सो फिल्मको कथा अर्पण स्वयमले लेखेको पनि कार्यक्रममा निर्देशकले जानकारी गराए ।


पहिलो दिनको उक्त फेस्टिवलमा म्यानहटन फिल्म फेस्टिवलका दश फिल्म पनि प्रदर्शन गरिएको थियो भने निर्देशक प्रचण्डमान श्रेष्ठ सहित केही फिल्मकर्मीले दर्शकसंग अर्न्तक्रिया पनि गरेका थिए । भोली अनुप बरालसंगको अन्तर सम्बाद संगै बाँकी दश फिल्म प्रदर्शन गर्दै महोत्सव सकिने छ ।