मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा फेसबुक लग इन गरिने

फिल्मीखबर, काठमाण्डौ, 2012/10/06

गत भाद्र २२ गते नेपालमा रिलिज भएको फिल्म 'फेसबुक' लाई अष्ट्रेलियाको सिड्नी शहरमा रिलिज गरिंदै छ । फिल्मको बिशेष रिलिजमा सहभागी हुन निर्माता सुनिल कुमार थापा र नायिका झरना थापा शुक्रबार अष्ट्रेलिया पुगिसकेका छन् । यो थापा दम्पतीलाई फिल्मका नायक स्वतन्त्र प्रताप शाहले स्वागत गरेका थिए ।

 

यसअघि अष्ट्रेलियामा प्रिमियर भईसकेको यो फिल्मलाई सिड्नीमा अक्टोवर १३, १४ र १५ तारिख रिलिज गरिनेछ । सिड्नीको समय अनुसार फिल्मलाई सिभिक थिएटरमा बेलुका ७ रिलिज गरिने निर्माता थापाले फिल्मीखबरलाई बताए । सुरज सुब्बाले निर्देशन गरेको थ्रीलर श्रेणीको सो फिल्ममा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मान सिंह कुवँर, सुमन गैरे, मार्टिन खान लगायतले अभिनय गरेका छन् ।

 

एसके प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा सुनिल बर्देवाको संगीत, रोशन श्रेष्ठको एक्सन, संजय लामाको सिनेमाटोग्राफी रहेको छ । सिंगापुर र काठमाण्डौमा सुटिङ गरिएको फिल्ममा मायाप्रेमको साथमा अपराधका कथाहरूलाई उठान गरिएको छ ।