
दशैंको अवसर पारेर हाईटेक इन्टरटेन्मेण्टले आईतवारबाट फिल्म 'सायद' को डिभिडीलाई बजारमा ल्याउदै छ । चाडबाडमा दर्शकहरू केहि फुर्सदमा हुने भएकाले उपयुक्त समय भन्दै हाईटेकले गत बैशाखमा रिलिज भएको यो फिल्मलाई डिभिडीमा रिलिज गर्न लागेको हो ।
प्लस टु जेनेरेशन र त्यसभन्दा अघिको जेनेरेशन बीचको कथालाई फरक ढङ्गमा समेटेर निर्माण गरिएको सायदलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । दुर्गिस फिल्मसले निर्माण गरेको यो फिल्ममा पहिलो पुस्ताको प्रतिनिधित्व गर्दै झरना थापा, सुनिल रावल, बाबु बोगटी, करिष्मा मानन्धर लगायतले अभिनय गरेका छन् भने दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दै संयम पुरी, विल्सन विक्रम राई, किशोर सम्बाहाम्फे, अनिता दाहाल, अराज केशब, रितिका लामा लगायतले लगायतले अभिनय गरेका छन् ।
फिल्मको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् भने फिल्ममा संजय लामाको छायांकन, गोबिन्द राई र आरज केशवको कोरियोग्राफी तथा स्याडोज ब्याण्डको संगीत रहेको छ ।