
गएको बर्षको मंसिरमा हलिउड प्रोजेक्ट 'हाईवे टु धम्पुस' मा अनुबन्ध भएका राजबल्लभ कोईरालाले थप दुई फिल्म पाएका छन् । फेसबुक फ्यान पेज मार्फत आईतबार बिहान उनले आफू थप दुई फिल्ममा ब्यस्त हुन लागेको जानकारी दिएका हुन् ।
राजबल्लभ डेढ महिना अघि हाईवे टू धम्पुसको बाँकी ७ प्रतिशत सुटिङका लागि अमेरिका गएका थिए । उनले स्टाटसमा लेखेका छन्, 'दुई वटा फिल्मको स्क्रिप्ट पढेर सिध्याएँ र दुवै राम्रा भएकाले म विश्वस्त पनि छु दुवै फिल्म उत्कृष्ट बन्ने छन् ।' यस्तै बल्लभलले तीन लाईनको स्टाटसमा आउने मार्च महिनामा एउटा फिल्मको सुटिङ अमेरिकामा हुने जानकारी दिएका छन् भने अर्को यहि डिसेम्बर र जनवरी महिनामा अष्ट्रेलियामा ।
बाहिरको प्रोजेक्टमा ब्यस्त भएपछि अब उनी तत्तकाल नेपाल फर्किने सम्भावना कम हुने निश्चित छ ।