मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सबैखाले सम्बन्धहरुको कथा `रिलेशन`

रेम बिक, काठमाण्डौ, 2012/10/06

कलेज लाईफ, माया प्रिती, अवैध सम्बन्ध, लागुऔषध दुर्व्यसनी र बाबुआमाको धनमाथि हुने रँजाई । यस्तै धेरै कारणले टिनएजर्स पुस्ताहरु बिग्रिरहेका छन् । यस्तै खराब क्रियाकलापले गर्दा समाज र घरपरिवारसंग पनि टिनएजर्सहरुको सम्बन्ध राम्रो भैरहेको छैन । समाजमा यस्ता धेरै घरपरिवारहरु छन् जो आफ्ना टिनएजर्स बालबच्चालाई सम्हाल्न नसकेर आजित बनेका छन् ।


समाजमा घट्ने यस्तै घटनालाई विषयबस्तुलाई उठाएर 'रिलेशन' फिल्म अहिले पोखरा आसपासमा धमाधम सुटिङ भैरहेको छ । सम्बन्धहरुको कथा भनिएको यो फिल्म पोखराकै केहि युवाहरु मिलेर निर्माण गरेका हुन् । पोखराबाटै उत्कृष्ट फिल्म बनाउने भनेर कस्सीएका युवाहरुले अबको केहि दिनमा फिल्मको सुटिङ सकिने पनि जानकारी गराए । 'फिल्म अहिले सुटिङ मै छ', फिल्म निर्देशन गरिरहेका निर्देशक एकराज अधिकारीले भने- 'निकै राम्रो भैरहेको छ ।' प्राविधिक हिसाबले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कम्प्रमाईज नभएको उनले बताए ।


रिलेशनको निर्माता चेत महत हुन् । फिल्ममा क्यामेरापस्रनको रुपमा पोखरामा धेरै संख्यामा म्युजिक भिडियो खिचेर अनुभव बटुलेका सन्तोष कोन्मे छन् । गायक हुँदै क्यामेरा समाउन पुगेका कोन्मेले आफ्नो तर्फबाट फिल्मको दृश्यहरुलाई उत्कृष्ठ देखाउनका लागी कुनै कसर बाँकि नराखेको सुनाए । 'म्युजिक भिडियोमा खिचेको धेरै भयो यद्यपी फिचर फिल्ममा क्यामेरा चलाएको यो नै मेरो लागी पहिलो पटक हो', कोन्मेले भने- 'निर्देशकसंगको ट्युनिङ मिलेको भएर खासै समस्या आएको छैन ।'

 


फिल्ममा आर्टिस्टहरुको मेकअप र ड्रेसअपलाई विशेष ध्यान दिईएको निर्देशक अधिकारीले बताए । मेकअप म्यान राजकुमार गुरुङका अनुसार आर्टिस्टहरुको मेकअपको हिसाबले पनि यो फिल्म निकै उत्कृष्ट बन्ने छ । अहिलेका टिनएजर्सहरुको ड्रेसअप, बोलिचाली र लवाई खवाईलाई पनि उस्तै तरिकाले प्रस्तुत गराउन खोज्दा मेकअपमा ध्यान बढि दिनु परेको उनले बताए ।


करिब २५ लाख लागतमा निर्माण सकिने निर्माण पक्षले अनुमान लगाएको छ । सानु फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा दुई वटा गीत समावेश हुने बताईएको छ । फिल्ममा बिमल गुरुङ र नरजंग गुरुङले संगीत दिएका छन् । सागर महतको कथामा बन्न लागेको फिल्ममा लेखक आफै पनि अभिनय गरिरहेका छन् । फिल्ममा सागरका अलावा अनुपा कार्की, दीपक चापागाँई, सपना महत लगाएतका नयाँ कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा द्वन्द निर्देशन पुर्ण जिसीले गर्दैछन् । निर्माण पक्षले सम्पुर्ण काम भ्याएर तिहार लगत्तै फिल्मलाई प्रदर्शनमा ल्याउने बताएको छ ।