मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

भिसा गर्ल केमियो सेक्रेट : निमा, निशा र केकी

फिल्मीखबर, काठमाण्डौ, 2012/10/05

'हुन त म तिमी जति राम्री छैन' कार ड्राईभ गरिरहेको अवस्थामा ऋचा शर्माले केकी अधिकारीलाई भन्छिन् अनि केकीले उत्तर दिन्छिन्, 'त्यो त हो ।'  यस्तै सम्बाद बोलि रहदा फिल्म हेरिरहेका दर्शक एक पटक अचम्बित  हुन्छन् फिल्ममा केकी अधिकारीलाई अकस्मात देखेर ।

 

एक सिनमा केमियो गर्लका रुपमा देखा परेकी केकी फिल्मबाट हराएपछि गायक निम्बा रुम्बाको इन्ट्री हुन्छ । निमाको इन्ट्री किन हुन्छ त्यो यहाँ खुलाउन मिल्दैन किन कि उनी फिल्मको ट्रानिंग पोईन्टको रुपमा छन् । कागबेनी हिरो निमा भिसा गर्लको दुई सिनमा देखिएका छन् जसको उपस्थितीले फिल्मलाई अर्के मोड दिन्छ । यसैगरी क्लाईमेक्स तर्फ ढल्किएपछि हिरोईन निशा अधिकारीको इन्ट्री हुन्छ । निशाको पनि दुई डाईलगलाई भिसा गर्ल भित्र देख्न सकिन्छ । फिल्म भित्र एक सिनमा भएपनि निशा आफ्नै नामले चिनिएकी छन् । 

 

युवा निर्देशक प्रचण्डमान श्रेष्ठको डेब्यु निर्देशन रहेको सो फिल्म आजदेखि देशब्यापी प्रदर्शन भएको हो । भिसा गर्ल सहित पहिलो दिनको बिहानीको शो अन्य तीन फिल्मको पनि उत्कृष्ट हुन सकेको छैन । आज फिल्मीखबर सिटी सेन्टर स्थित बिग सिनेमा पुग्दा उपस्थित जति पनि दर्शक थिए त्यस मध्ये केहीलाई भिसा गर्ल कस्तो लाग्यो भनी सोध्दा उनीहरुले आम नेपाली फिल्म भन्दा माथि रहेको प्रतिक्रिया दिए ।