
विदेशी फिल्म प्रतिबन्धको निर्णयले हलहरु र ती हलरुसंग आश्रित रहेका कर्मचारीको अवस्था धराशायी भएको भन्दै नेपाल उद्योग बाणिज्य महासंघले मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको सो निर्णय प्रति भत्सर्ना ब्यक्त गरेको छ ।
प्रेस रिलिज जारी गर्दै महासंघले विश्व ब्यापीकरणको यो समयमा विदेशी फिल्मको प्रतिबन्धले नेपाली फिल्मको बजार समेत खस्किने तर्क सार्दै तत्काल सो निर्णय फिर्ता लिन माओवादीलाई आग्रह गरेको छ । महासंघले खुला आर्थिक निति अबलम्बन गरेको देशमा यस किसिमका क्रियाकलाप स्वीकार्य नभएको भन्दै आफ्नो सदस्य संस्था चलचित्र संघलाई कुनै पनि हालतमा यो निर्णय नमान्न आग्रह पनि गरेको छ । यसैगरी महासंघले पूर्ववत रुपमै सवै खाले फिल्महरु प्रदर्शन गर्ने बाताबरण फिल्महलहरुमा उपलब्ध गराई दिन नेपाल सरकारसंग माग पनि गरेको छ ।
उता ठूलो पार्टीले गरेको आन्दोलनको आग्रहलाई दश दिनका लागि समर्थन जनाएको चलचित्र संघले महासंघको प्रेस विज्ञप्ती पाएपछि भोली दिउँसो २ बजेका लागि अकस्मिक बैठक डाकेको छ । चलचित्र संघका महासचिव प्रदीप उदयका अनुसार कार्यसमितिमा रहेका सदस्यहरुको साथमा राजधानीका सम्पूर्ण हल ब्यावसायीको बैठकबाट यस बिषयमा नयाँ निर्णय भोली बस्ने बैठकले सार्वजनिक गर्दैछ ।