मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झेली` गर्दै महिला छायाँकार

फिल्मीखबर, काठमाण्डौ, 2012/10/05

नेपाली फिल्ममा महिला निर्देशक, संगीतकारले आफ्नो इतिहास त बनाईसकेका छन् । र, आज शुक्रबारबाट छायाँकनमा गएको फिल्म 'झेली' बाट महिला छायाँकारको रूपमा सबनम मुखियाले इतिहासको पानामा आफ्नो नाम दर्ता गर्दैछिन् ।

 

नेपालमा सञ्चालन भईरहेको फिल्म कजेल 'ओस्कार फिल्म कलेज' बाट फिल्म कोर्ष गरेकी सबनमले 'स्टिल फोटोग्राफी' लामो समयदेखि गर्दै आए पनि भिडियोग्राफीमा भने त्यति धेरै अनुभव लिएकी छैनन् । उनले २ वटा सर्ट फिल्म र २ वटा डकुमेन्ट्रीको छायाँकन गरेकी छिन् । फिल्ममा आफ्नो प्यासन भएकाले बिधुत प्राधिकरणको जागिरसँगै यो क्षेत्रलाई अगाडी बढाउने सबनमले फिल्मीखबरलाई बताईन् ।

 

भेषमान श्रेष्ठको निर्माणमा कमल दाहालले निर्देशन रहने यो फिल्ममा आज मण्डिखाटारमा सुटिङ भईरहेको छ । अनिल थापा, अस्कर शर्मा, सर्बिना कार्की, बिष्णु रिजाल र दीपा अधिकारी निर्देशक दाहालको एक्सन कटमा अभिनय गर्दैछन् । आफ्नो स्वार्थको लागि जीवनमा हुने र गरिने झेलीलाई मुख्य थिम बनाईएको यो फिल्मको कथा, पटकथा तथा संवाद सुशिल र प्रकाशले लेखेका हुन् । सूर्य किरणको संगीत रहने यो फिल्मका गीत दयाराम पाण्डे र मुस्कान ढकालले लेखेका छन् भने द्धन्दनिर्देशन चन्द्र पन्तको रहनेछ । यसैगरी कोरियोग्राफी साइमन राजवंशीको रहनेछ।