मिति : २०८२ ज्येष्ठ २६, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नतिजाको दशैं गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2012/10/04

नजिकिंदै गरेको दशैंको मौका छोपी निर्देशक प्रमोद भण्डारीले आफूले निर्देशन गरेको फिल्म 'नतिजा' को दशैं बिशेष गीतको भिडियो फिल्मीखबर मार्फत सार्वजनिक गरे । असोज १२ गते यहि गीतको अडियो सार्वजनिक गरिएको थियो जसबाट राम्रो प्रतिक्रिया पाएका निर्देशक भण्डारीले यो गीत हेरेर दर्शक खुसी हुने बिश्वास व्यक्त गरे ।

 

रल्हाद भक्त संग्रौलाको शब्द संगीत रहेको सो गीतमा राजेश पायल राई र मनिषा पोखरेलको आवाज रहेको छ भने अभिनय निर्मल सेन्चुरी, सिर्जना सुब्बा, सोनी गुरूङ, सुशिल पोखरेल र श्याम राईले अभिनय गरेका छन् । उक्त गीतलाई बसन्त श्रेष्ठले करियोग्राफी गरेका हुन् ।

 

सपना श्रेष्ठ तथा गोबिन्द तिमल्सिनाको संयुक्त निर्माण रहेको नतिजामा बिशाल पोखरेल, हर्षिका श्रेष्ठ, सोहित मानन्धर र सिर्जना सुब्बाको मुख्य भुमिका रहेको छ । समसामयिक कथावस्तुमा निर्माण भएको सो फिल्म पौष २७ गते रिलिज हुने बताईएको छ ।