
केहि दिन अगाडी मात्र आफू अभिनित फिल्म 'धुँवा यो नशा' को प्रिमियरका लागि मलेशिया पुगेका नायक आर्यन सिग्देलले बुधबार सुटुक्क नेपाल फर्केर बिहिबार झापाको बिर्तामोड पुगी सपिङ सेन्टरको उदघाटन गरे ।
छायाँकनमा रहेको फिल्म 'कलिउड' का नायक बिष्णु कार्कीले सञ्चालनमा ल्याएको सो सपिङ सेन्टरको बिहिबार बिहान ११ बजे आर्यन र कलिउडका निर्देशक नवराज आचार्यले एकसाथ उदघाटन गरेका हुन् । एक करोड भन्दा बढिको लगानीमा तयार गरिएको बिबि सपिङ सेन्टरको उदघाटन गरे पश्चात आर्यनले केहि सपिङ समेत गर्न भ्याए । आजै कलिउडको सुटिङ भएकाले आर्यन निर्देशक आचार्यका साथ दिउँसो साढे दुई बजेको प्लेनबाट काठमाण्डौ फर्किसकेका छन् ।
सपिङ सेन्टरको उदघाटनसँगै आर्यनले रिलिज हुन लागेको फिल्म 'धुँवा यो नशा' को प्रोमोशन समेत गर्न भ्याएका थिए । 'धुँवा यो नशा' मा आफ्नो भुमिका पृथक रहेको बताउँदै आर्यनले एक पटक फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । लक्ष्मण रिजालले निर्देशन गरेको यो फिल्म मोफसलमा कार्तिक ३ गते र राजधानीमा कार्तिक १० गते रिलिज हुँदैछ ।