
कहिले वृद्ध वृद्धालाई फलफुल वितरण गरेर त कहिले बालबालिकालाई कपडा वितरण गरेर अक्टुबर चारमा जन्म दिन मनाउदै आएका गायक तथा अभिनेता सिताराम पोखरेलले यस वर्षको जन्मदिन राजधानीबाट करिव पाँच सय किलोमिटर पश्चिममा पर्ने बाँकेको रझेना गाविसको शान्तिनगरमा बस्दै आएका केही टुहुरा बालबालिकासँग मनाए ।
जन्मदिन मनाउने क्रममा सितारामले टुहुरा बालबालिकाहरु मध्ये सवैभन्दा सानी ५ वर्षिया नवमी खड्का र ७ वर्षिया सुप्रिया सिजालीका बाहुलीवाट केक काटेर जन्म दिन मनाएका थिए । जन्मदिनको अवसर पत्रकारहरुसंग कुरा गर्दै यसरी टुहुरा बालबालिकाहरुसँग जन्मदिन मनाउन साथै केही सहयोग गर्न पाउदा आफु भाग्यमानी भएको बताए । यस्तै आफूले सानो सहयोग गरेको बताउँदै सितारामले सञ्चारमाध्यमले यि बालबालिकाको बारेमा समाचार सम्प्रेषण गरिदिए हुने खानेहरूको नजर पर्न सक्ने बताए । उनले भने, 'यि बालबालिकाहरू माथि कसैको नजर परेर सहयोग भएका यिनीहरूले आफ्नो भविष्य कोर्न सक्ने थिए ।'
सितारामले जन्मदिनको अवसर पारी २ जनालाई एक वर्षको छात्रवृत्ती, खाधान्न, पाठ्य सामाग्री बालबालिकालाई पालन पोषण गर्दै आएका यमबहादुर घर्तिललाई सहयोग स्वरुप प्रदान गरेका थिए । नेपाली फिल्म पहिलो प्रेम, मिसन पैसा, माई लाइफ र प्रर्दशनको तयारीमा रहेको पद्ममिनी साथै आधा दर्जन वढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा पाइसकेका सिताराम पोखरेलले सम्मान, अक्टुबर फोर लगाएत आधा दर्जन गिती एल्वम समेत निकाली सकेका छन् ।
सशस्त्र द्धन्दका बेला सुर्खेतवाट विस्थापित भई शान्तिनगरमा बस्दै आएका भुपु इन्डियन आर्मी यमबहादुर घर्तिले विभिन्न घटनामा आमा वुवा गुमाएका १२ जना टुहुरा बालबालिकालाई आफ्नै व्यक्तिगत खर्चमा विगत लामो समयदेखी पालन पोषण तथा शिक्षा दिक्षा दिदै आएका छन् । उनले हालसम्म आफुले पाउने मासिक पेन्सनवाट नै सम्पूर्ण खर्च जुटाउदै आएको वताए ।