
एक महिना अघि नेपाल रिलिज भएकॊ संसार आफ्नैको पहिलो विदेश शोको तयारी पुरा भएको छ ।
खाडी मुलुक कतारको राजधानी दोहा स्थित गल्फ सिनेमा हलमा यो फिल्मको भोली शुक्रबार विशेष शो हुने कलाकार समेत रहेका निर्माता गोविन्द शाहीले फिल्मीखबरलाई जानकारी दिएका छन् । कतार शोका लागि गोविन्दको साथमा जर्नलिष्ट नरेश भट्टराई र गायक सुदीप शाही पनि रहेका छन् । नेपाली फिल्मका अधिकांश जमघट एवं कार्यक्रमलाई उद्घोषण गर्ने भट्टराईले त्यहाँको शोलाई पनि आफ्नो बोलीमा बाध्न लागेका हुन् ।
नेपाल रिलिजबाट अपेक्षित विजनेस रिभ्यू नबटुलेको सो फिल्मको डिमान्ड विभिन्न मुलुकमा भएकाले आफूले कतारलाई पहिले रोजेको प्रोड्यूसर शाहीले बताए । सुमन सिंह, झरना थापा प्रमुख भूमिकामा रहेको सो फिल्मको कतार शो स्थानिय समय अनुसार दिउँसो २ बजे देखि सुरु हुने छ ।
.jpg)