
अधबैंशे उमेरमा आफू भन्दा सात बर्ष कान्छो उमेरका युवकसंग बिहे गरेकी अभिनेत्री मनीषा कोईरालाले आफू बिहेका लागि योग्य नरहेको बताएकी छिन् ।
भारतीय अनलाईन दैनिक भाष्कर संगको कुराकानीमा मनीषाले आफू बिहेका लागि नबनेको तर्क दिएकी छिन् । असफल बैबाहिक सम्बन्धका बिषयमा उक्त अनलाईनले सोधेको प्रश्नमा उनले गहिरो स्वाश लिदै भनेकी छिन्, 'केही मानिस बिहेका लागि बनेका हुन्छन् त केही हुदैनन् । सायद म बिहेका लागि बनेको हैन ।' उनले सम्राट दाहाल र आफू राम्रो परिवारको राम्रो ब्यक्ति भनी आफैले संज्ञा दिदै आफ्नो कारणले अब सम्राटको परिवारलाई चोट पुर्याउन नचाहने बताएकी छिन् ।
आफ्नो प्रोडक्सन कम्पनी एमके मुभिग ईमेजबाट बलिउडमै प्रोडक्सन र डाईरेक्सनको पार्टमा जम्ने तयारीमा समेत रहेकी उनले रामगोपाल बर्मा जस्तै डिष्ट्रिब्युटर्स, फाईनान्सर सहित कम्प्लिट ईन्फाइष्टक्चरको प्रोडक्सन हाउस संचालन गर्ने बताएकी छिन् । यस्तै मनीषाले गौतम बुद्धको कथामा आधारित फिल्म निर्माण गर्ने सोच पनि परिवर्तन गरेको सो अनलाईनले जनाएको छ ।
मनीषाले सो फिल्मको स्क्रिप्ट पुरै अंग्रेजीमा तयार पार्दै प्रि-प्रोडक्सनको काम करिब सक्दै थिम समेत तयार पारेकी थिईन् तर अब त्यो योजना सवै खेर गए सरह भएको छ । उनी हाल मुम्बईमा छिन् ।