
रिलिज मिती दुई महिना पछि हो तर श्री सूर्य विनायक मुभिजले पहिलो पल्ट निर्माण गरेको फिल्म तिमीले दिएको मायाको च्यारिटी शो सुरु गरिएको छ । सुनिता शर्मा र रेशु ढुङ्गानाको संयूक्त लगानीमा निर्मित उक्त फिल्मको बुधबार क्यूएफएक्स कुमारी हलमा च्यारिटी शो गरिएको थियो ।
विजय केरुङको निर्देशनमा बनेको सो फिल्मको च्यारिटी सितु नेपाल शिशु स्याहार तथा विकास केन्द्र कोटेश्वर र हेल्प नेपाल नेटवर्क चाबहिलको सहायोगार्थ गरिएको हो । सुनिल थापा, राज तिमल्सिना, सुवास मेचे सहित नीता ढुङ्गाना तथा नयाँ नायिका दीक्षा भण्डारी लिड रोलमा रहेको उक्त फिल्मको च्यारिटी शोमा नीताको उपस्थिती भने थिएन ।
यस अघि एक पटक च्यारिटी शो आयोजना गरेको उक्त यूनिटले रिलिज मिती सम्म देशभरका विभिन्न सामाजिक संघसंस्थाको सहयोगको निम्ति च्यारिटी शो आयोजना गर्ने लक्ष्य लिएको छ ।