मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महानायकको रोजाइमा अर्को ब्रान्ड ?

अनुप भट्टराई, काठमाण्डौ, 2012/10/03

विगत एक दशक देखि एक्वा हन्ड्रेड पानी पिउँदै आएका महानायक राजेश हमालको रोजाईमा अर्को कम्पनीको पानी परेको छ । भनेको समयमा आफ्नै ब्रान्डको पानी पिउन नपाउँदा  कतिपय फिल्मको सुटिङ सेटमा ढिला पुग्ने उनी बुधबार विकास पाण्डेको गिती संग्रह 'क्यान वि' को विमोचन समारोहमा भने अर्को पानी पिउँदै थिए ।

 

विमोचन समारोहमा निर्देशक दिनेश डिसीको आडमा बसेका हमालले हिमालयज  स्प्रिङ वाटर प्रालिले उत्पादन गरेको ९०० एमएलको अनटप पानीको तारिफ गर्दै सो पानी पिएका थिए । धुन्चे ८ रसुवामा कम्पनी रहेको सो पानी डिपार्टमेन्ट स्टोर बाहेक अन्त पाउँदैन ।  विभिन्न फिल्मका कार्यक्रममा उपस्थित हुँदा उनी केही नखाई निस्किने गर्थे तर बुधबार भएको उक्त कार्यक्रममा भने उनले सो पानीलाई निर्धक्क साथ पिउँदै थिए ।

 

 

समुन्द्र सतह देखि २४००० फिट उचाईको पानीलाई हिमालय स्प्रिङले आकर्षक बोटलमा तयार गरेको कारण पनि महानायलाई सो पानीले आकर्षित गरेको अनुमान लगाउन सकिन्थ्यो । एक महिने अमेरिका भ्रमणमा निस्कने तयारीमा रहेका उनी पछिल्लो समय स्क्रिप्टमा चुजी हुन थालेका छन् जसकारण उनले विगत दुई महिना देखि कुनै पनि फिल्म खेलेका छैनन् । विमोचन समारोहमा उनले दिएको जानकारी अनुसार असोज २१ वा २३ गते उनी अमेरिका उड्ने छन् ।