
बलिउडमा करियोग्राफीको अनुभव बटुलेका राम प्यासीले निर्देशन गरेको फिल्म 'पद्ममिनी' को अहिले राजधानीको बिजी बि स्टुडियोमा सम्पादन भईरहेको छ । पुष २७ गते रिलिज मिती तय गरिएको सो फिल्मको पोस्ट-प्रोडक्सन कार्यलाई निर्देशक प्यासी र सहायक निर्देशक अमोल शर्माले अगाडी बढाईरहेका छन् ।
बसन्त कुमार श्रेष्ठ र छिरीङ दोर्जे लामाको संयुक्त लगानीमा निर्माण गरिएको सो फिल्ममा निशा अधिकारी, सरिता गिरी र अनिल थापाको मुख्य भुमिका रहेको छ । उच्च कोटीको नारीको सोच, उद्देश्यलाई कथामा बुनिएको यो फिल्मको कथा निर्माता छिरिङ र पटकथा तथा संवाद सहायक निर्देशक अनमोल शर्माले नै लेखेका हुन् । योगेन्द्र श्रेष्ठको द्धन्द्ध तथा चेतन सापकोटाको संगीत रहेको फिल्ममा निर्देशक प्यासीको करियोग्राफी छ भने छायाँकन शिब ढकालको रहेको छ ।
फिल्मको कथालाई सस्पेन्स राखेका निर्देशक प्यासीले आफ्नो तर्फबाट राम्रो फिल्म बानाउने कोसिस गरेको बताए । फिल्मीखबरसँगको कुराकानीमा प्यासीले भने, '१४ बर्षको करियोग्राफीको अनुभवले फिल्म बनाएको छु आशा छ दर्शकले मन पराउनु हुनेछ ।' फिल्मको सुटिङका केहि तस्विरहरू -