मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश पायलले अभिनय गरेको फिल्म तयार

फिल्मीखबर, काठमाण्डौ, 2012/10/03

गायक राजेश पायल राईले भिलेन भएर अभिनय गरेको फिल्म 'सि-माला' प्रर्दशनका लागि तयार भएको छ । डेढ बर्षदेखि फ्लोरमा रहेका उक्त फिल्मका निर्देशक रूद्र गुरुङका अनुसार ल्यावका सम्पूर्ण कार्य सकिदै फिल्म प्रदर्शनका लागि तयार भएको हो ।

 

मुस्ताङ र पोखराको लोकेशनमा मात्र सुट गरिएको 'सि-माला' पूर्ण रुपमा लभस्टोरी कथाले भरिएको फिल्म भनिएको छ जहाँ गायक राई नेगेटिभ तर महत्वपूर्ण भूमिकामा छन् । 'राजेश जिको धेरै सिन छैन तर उहाँको उपस्थिती विना फिल्ममा मिठास आउदैन', निर्देशक गुरुङले भने । गायक राईले यो फिल्म सहित केही फिल्ममा पनि नेगेटिभ भूमिकामा आफूलाई प्रस्तुत गरिसकेका छन् ।

 

 

आरबीए फिल्मस मार्फत पहिलो पटक निर्माण भएको सो फिल्मको उपयुक्त डेट निकालेर प्रदर्शन मिति तय गरिने जानकारी दिईएको छ । फिल्ममा मनोज आरसी, दिप्ती गुरुङ, निर्भिक राई र रोश्नी कार्की मुख्य कलाकारको रुपमा रहेका छन् । निर्देशक गुरुङले प्रदर्शनका लागि फिल्म तयारी भएको जानकारी सहित पोस्टर पनि सार्वजनिक गरेका छन् ।