महेन्द्र बुढाथोकीको निर्देशनमा गत आईतबार देखि सुटिङ सुरु गरिएको स्टार फिल्मको यूनिटका एक सदस्य दुर्घटनामा परेका छन् । आज बिहान सुटिङका लागि गोठाटार जाने क्रममा लाईट म्यान सन्तोष तिमल्सिना बसबाट सडकमा खस्दा टाउकोमा टाँका लगाउने गरी घाईते भएका छन् ।
निर्देशक बुढाथोकीका अनुसार सुटिङ स्थल पुग्ने क्रममा लाईटम्यान तिमल्सिना बसबाट खसेका थिए । इक्विपमेन्टले भरिएको गाडीका कारण उनी बसको पछाडीको पट्टिको भागमा रहेको सिडीमा झुण्डिएका थिए तर पुग्ने बेलामा सो घटना भएपछि केही घण्टा सुटिङ ढिला सुरु भएको छ । घाईते तिमल्सिनालाई सिनामंगलस्थित काठमाण्डू मेडिकल कलेज भर्ना गरिएको छ ।
सुमिना घिमिरे र निरज बराललाई प्रमुख कलाकारको रुपमा चयन गरिदै सुटिङ सुरु गरिएको सो फिल्म आउदो २५ दिन भित्र प्याकअप हुने बताईएको छ । गत बैशाख देखि असोज सम्म आउँदा प्राय हरेक फिल्ममा एक किसिमको दुर्घटना भईरहेका छन् ।