
रेखा थापा, मौसमी मल्ल, ऋचा घिमिरे, झरना थापा, रेजिना उप्रेती जस्तै प्रोड्यूसर हुने हिरोईनहरुको लिष्टमा पुजना स्त्री पनि थपिने भएकी छिन् ।
समाज सेवा सहित पछिल्लो समय विभिन्न ब्यावसायमा समेत ब्यस्त रहेकी उनलॆ 'नमस्ते दुबई' टाईटलमा फिल्म निर्माण गर्न लागेको जानकारी दिएकी छिन् । मंगलबारको एक भेटमा फिल्मीखबरसंग गफिदै उनले स्तरीय कथामा फिल्म निर्माणको तयारीमा आफू ब्यस्त रहेको बताएकी हुन् ।
आफ्नै प्रोडक्सन कम्पनी पुजना फिल्मस मार्फत उनले फिल्म निर्माणमा हात हाल्न लागेकी हुन् । खाडी मुलुक दुबईमा रहेका नेपालीहरुको कथालाई उनले आफ्नो फिल्म भनेकी छिन् । यो फिल्म सहित उनले थप दुई फिल्मको लागि कथा पनि तयार पारेको बताएकी छिन् । तीन महिना पछि फ्लोरमा जाने तयारीका साथ अहिले उनले निर्देशक र सम्बादकारको चयन कार्य भईरहेको बताएकी छिन् । उनले, 'भनिन् एउटा राम्रो फिल्म बनाउने सोचमा छु त्यसैले निर्देशक र क्यामेरापस्रन सम्भवत चलेकै लिन्छु होला ।'
उनका अनुसार टाईटल अनुरुप फिल्मको सम्पुर्ण सुटिङ दुबईमा हुने छ जसको लागि उनले मिडिया सिटीबाट सुटिङ अनुमति पनि लिईसकेको बताएकी छिन् । यस्तै उनले सुटिङका लागि बलिउड फिल्म निर्माणमा सहयोग गरिरहेको कम्पनी गोपिका फिल्मसको ईक्वीपमेन्ट प्रयोग गर्ने बताएकी छिन् । त्यसैगरी दुबई प्रिमियरका लागि सूर्य अधिकारीले संचालन गरिरहेको फिल्म प्रदर्शन कम्पनी सन हिल्स सिनेमा प्रालिसंग पनि समझदारी भईसकेको उनको भनाई छ ।
लोकेशन चयनका लागि गत भदौ २८ दुबई उडेकी उनी असोज १० गते नेपाल फर्किएकी हुन् । उनको फिल्ममा ६ जना हिरोहरु मध्ये आशिष पुरुष, राजकुमार न्यौपाने फाईनल छन् भने हिरोईन चाहि उनी सहित सन्ध्या भण्डारी हुने छिन् ।