मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाकु कालेमा सुपर पावर

फिल्मीखबर, काठमाण्डौ, 2012/10/02

कलाकार या अरू कुनै पात्रमा सुपर नेचुरल पावर देखाएर केहि नेपाली फिल्म बने तर तिनले चर्चा पाउन सकेनन् । यहि सुपर नेचुरल पावरको बिषयमा निर्माण गरिएको फिल्म 'सौर्य' रिलिजको क्रममा रहेको छ जसबाट निर्माण युनिटले चर्चा पाउने बिश्वास व्यक्त गरेको छ ।
 

लुट फिल्मबाट एकाएक चर्चामा आएका सौगात मल्ल अर्थात हाकु काले यो फिल्ममा मुख्य पात्र हुन् । उनी फिल्ममा सुपर नेचुरल पावर भएको एक पात्र बनेर देखिंदै छन् । लुटमा 'मास्तर प्लान' बनाएर बैंक लुटेका हाकु यो फिल्ममा अचम्मको शक्ति भएको एक फरक पात्रको रूपमा देखिंदैछन् । फिल्ममा उनको साथमा अनुपविक्रम शाही, हेमा श्रेष्ठ, शुशिल पोखरेल, रवि बस्नेत लगायतले अभिनय गरेका छन् ।

 

ऐतिहासिक फिल्म नभए पनि ऐतिहासिक घटनालाई नयाँ पुस्ताको मनोविज्ञानसँग जोडेर बनाइएको फिल्म सौर्यमा महानायक राजेश हमाललाई भने फरक भुमिकामा प्रस्तुत गरिएको छ जुन कुरालाई निर्माण युनिटले सस्पेन्स राखेको छ । फिल्मका निर्देशक कार्कण्ड्य दीपविम बस्नेतले राजेश हमालको भुमिकाका बारेमा अहिले केहि नखोल्ने बताए । उनले भने, 'दर्शकलाई सरप्राईज दिन चाहन्छौं ।'

 

सुरेन्द्र गुरूङ 'हाकिम' ले निर्माण गरेको यो फिल्ममा रामेश्वर कार्कीको छायाँकन, सिकफोरबिट्सको संगीत, शंकर महर्जनको द्धन्द तथा राजु ढुंगाना, विशाल कोईराला र चन्दन दत्तको सम्पादन रहेको छ । फिल्मको फस्टलुक यस्तो छ -