मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

रिदमको डबिङ सकियो

फिल्मीखबर, काठमाण्डौ, 2012/10/02

राष्ट्रियताको प्रेमलाई आधार मानेर निर्माण गरिएको प्रेमकथानक फिल्म 'रिदम' को डबिङ सकिएको छ । सोमबार बागबजार स्थित मल्टिस्टार स्टुडियोमा अभिनेता नीर शाहले डबिङ कार्यलाई अन्त्य गरे ।

 

विकाश आचार्यको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई कार्तिक २४ गते रिलिज गरिने भएको छ । जीवन लुईटेल, स्वेता भट्टराई, नीर शाह, विल्सन विक्रम राई र बालकलाकार अनुभव रेग्मीको साथमा नवप्रस्तुतीको रूपमा निष्मा घिमिरे र सोहित मानन्धरको मुख्य अभिनय रहेको उक्त फिल्मलाई वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदिप दाहालले निर्माण गरेका हुन् ।

 

फिल्ममा देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको बताउँदै निर्देशक आचार्यले आफ्ना अघिल्ला फिल्म भन्दा यो फिल्म अझ राम्रो बनेको बताए । उनले भने, 'यसपटक अलि फरक प्रस्तुतीमा नयाँ पनको फिल्म दिने कोसिस गरेको छु । आशा छ दर्शकले रूचाउनु हुनेछ ।' फिल्ममा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, कविराज गहतराजको नृत्यनिर्देशन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, डा. कृष्णहरी बरालको गीत तथा अर्जुन जिसीको सम्पादन रहेको छ ।