मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जापानमा पनि `आइ एम ईन लभ`

अर्पण ढकाल, धरान, 2012/10/02

कार्तिक १७ बाट देशभर एकसाथ रिलिज हुन लागेको फिल्म 'आइ एम ईन लभ' जापानमा समेत रिलिज हुने भएको छ । व्यक्तिगत कामको सिलसिलामा पुर्व आएका फिल्मका निर्माता बिष्णु बस्नेतले सो कुराको जानकारी फिल्मीखबरलाई गराएका हुन् ।

 

'आइ एम ईन लभ' को राइट राम्रो मूल्यमा जापानमा बेचेको निर्माता बस्नेतले बताए । जापान संगै भारत लगायत अन्य देशका लागि समेत रिलिजको कुरा भैरहेको उनले जानकारी दिए । यहि फिल्म मार्फत फिल्मी उद्योगमा निर्माताको ट्याग भिरेका बिष्णु आफ्नो पहिलो फिल्मबाट सफलता पाउनेमा आशावादी छन् । कुनै कुरामा कम्प्रामाइज नगरी उत्कृष्ट फिल्म बनाउने कोसिस गरिएको उनको कथन थियो ।

 

त्रिकोणात्मक प्रेमकथालाई मुख्य बिषय बनाईएको फिल्ममा केहि सस्पेन्स समेत राखिएको उनले बताए । फिल्ममा राखिएको सस्पेन्स रिलिजको संघारमा बाहिर ल्याउने उनले बताए । सस्पेन्स बाहिर आएपछि एक पटक सबै छक्क पर्ने उनको दाबी छ । सचिनराज अमात्यले निर्देशन गरेको फिल्ममा बाबु बोगटी र अनु शाहको रोमान्सलाई हेर्न सकिने छ । बाबु बोगटी र सुगम पोख्रेलको संगीत यतिबेला चर्चामा छ ।