मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

मुटु प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/10/01

म्युजिक भिडियोमा निकै जमेको जोडी केकी अधिकारी र विम्लेष अधिकारीको पहिलो फिल्म मुटुको प्रोमो सार्वजनिक गरिएको छ । यस अघि एक गीत सार्वजनिक गरिसकिएको सो फिल्मको रिलिज मिती तय भईसकेको छैन तर फिल्म निर्माण कम्पनीले भने प्रोमोशन स्वरुप गीत र प्रोमोलाई बजारमा फयालेको छ । 


एक दशक पश्चात फिल्म निर्देशनमा फकिएका सूर्य बोहराको निर्देशनमा तयार भएको यो फिल्ममा मुकेश आचार्य र बालकलाकार सुप्रिम शाह पनि प्रमुख भूमिकामा छन् । निर्देशक बोहराले संसारभर छरिएर रहेका नेपालीहरूको कथालाई फिल्ममा उतारेको बताए । उनले भने, 'सामाजिक परिवेशमा रहेर निर्माण गरिएको संघर्षमय प्रेमकथा हो मुटु ।'

 

निर्देशक बोहराकै लेखन रहेको सो फिल्म करिब ५० लाखको लागतमा निर्माण गरिएको बताईएको छ । एभरेस्ट कलायात्रा फिल्मस्को प्रस्तुतिमा बिष्णुमाया गुरुङको सह-निर्माणमा बनेको फिल्ममा बसन्त सापकोटा र सुरेन्द्र शाहको संगीत, शेरबहादुर लामाको छायाँकन, गम्भिर बिष्ट र सुरेन्द्र शाहको करियोग्राफी तथा सूर्य थोकरको द्धन्द रहेको छ । मित्र देब गुरूङले फिल्मको सम्पादन गरेका हुन्  ।