
नेकपा माओवादी बिदेशी फिल्मलाई चलाउन नदिने निर्णय गरेपछि आजबाट देशका केहि हल बन्द भएका छन् भने केहि हलले पूराना फिल्मलाई पुन: दोहोर्याएका छन् । माओवादी बिदेशी फिल्मलाई रोक लगाएर हल व्यवसायीलाई घाटा लागे पनि नेपाली फिल्मको भने भाग्य खुलेको छ ।
राजधानीको ठूलो मल्टिप्लेक्स हल मध्येको एक बिग सिनेमाले आजबाट नेपाली फिल्म 'फेसबुक' लाई पुन: रिलिज गरेको छ । हलमा थुप्रै नेपाली फिल्ममा पोस्टर राखिए पनि शो भने फेसबुकलाई मात्र दिईएको छ । यता क्यूएफएक्सले भने हल नै बन्द गरेको छ । हिन्दी र अंग्रेजी फिल्मलाई प्राथमिकतामा राखेका यि मुख्य मल्टिप्लेक्सले यो बिदेशी फिल्मको रोक लागेका बेला नराम्रो घाटा सहने भएको छ ।
यस्तै ललितपुर स्थित गुण सिनेमा हलले पनि ८ पर्दा मध्ये ४ पर्दा बन्द गरेको छ भने बाँकीमा नेपाली फिल्म नै चलाएको छ । चावहिल स्थित गोपीकृष्णले पनि शुक्रबार चलेका फिल्मको साथमा केहि पुराना फिल्म चलाउने भएको छ । अन्य हलहरूमा भने नेपाली फिल्म निरन्तर नै चल्नेछन् ।