
'नेपाली समाजको सार्थक चित्र निर्देशकको अभिब्यक्ती चलचित्र' भन्ने स्लोगन सहित नेपाली फिल्मको प्रवर्द्धन र गुणस्तर अभिबृद्धिका लागि निर्देशक समाजको आयोजनामा आउदो असोज १९ गतेबाट लमजुङको घले गाउँमा हुने भनिएको 'तेस्रो राष्ट्रिय फिल्म वर्कसप २०६९' कारणबस सरेको छ ।
नेपालीहरुको महान पर्ब बिजया दशमीको पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको सो कार्यशाला गोष्ठीमा उपस्तिथ हुन लागेका सहभागीहरुले दशैंका कारण केही असहज भएको भन्दै दिन पछाडि सार्न आग्रह गरेपछी मंसिर ७ गतेका लागि कार्यशाला सारिएको निर्देशक समाजले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । करिब ७५ जनाको सहभागीता रहने उक्त पाँच दिनको वर्कसपका समयमा सहभागीहरुले स्थानिय स्तरकै कथावस्तुलाई समेटेर सर्ट फिल्म निर्माण गर्नेछन् भने त्यस मध्ये ३ जनालाई उत्कृष्ट सर्ट फिल्म निर्माण बापत सम्मान तथा पुरस्कृत गरिने समाजका अध्यक्ष बिमल पौडेलले फिल्मीखबरसंगको कुराकानीमा बताएका छन ।
सम्भाबना र चुनौतीको रुपमा हेरिएको नेपाली फिल्म उद्योगको लागि वर्कसप एक भब्य अबसर भएको फिल्मकर्मी बताउछन् । वर्कसपले नेपाली फिल्मको विकास मात्र नभएर समग्र रुपमा स्थानिय कला, संस्कृती, रहनसहन र पर्यटकीय गन्तब्यको पहिचान र पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने निर्देशक समाजले बतायो । समाजले यस अगाडि पनि नेपाली फिल्मको बिकासका लागि बिभिन्न कार्यक्रम गरेको थियो ।