
आजबाट औपचारिक रुपमा दश दिनका लागि देशब्यापी हिन्दी फिल्म प्रदर्शन नहुने भएपछी फिल्म रिलिज लिष्टमा उतार चढाव आएको छ । हिन्दी फिल्म रोक्का संगै केही स्थानमा चलिसकेका फिल्मलाई रिपिट गरिएको छ भने आउँदो हप्तालाई पनि एक फिल्म थप गरिएको छ ।
भदौ १ मा राजधानी बाहिर रिलिज भएको हेल्लो प्रकृतिलाई तीन फिल्म लेटर, भिसा गर्ल र जय होसको भिडमा हालिएको छ । हेल्लो प्रकृति सहित यो शुक्रबार चार वटा फिल्मको राजधानी भिडन्त हुनेछ । निर्माता प्रविन भट्टराईका अनुसार राजधानीका आधा दर्जन हलमा हेल्लो प्रकृतिलाई हेर्न पाईने छ ।
प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'हेल्लो प्रकृति' लाई सुनिल पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा सुमिना घिमिरे, अनिल थापा, शुसिल पोख्ररेल र बिजय देउजाको मुख्य अभिनय रहेको छ । शिबम अधिकारीको लेखन, भुपेन्द्र रायमाझीको संगीत तथा रामशरण उप्रेतीको छायाँकन रहेको फिल्मलाई प्रबिन खत्री, श्याम थापा र प्रबिण भट्टराईले संयुक्त रूपमा निर्माण गरेका हुन् ।