मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पाँच बर्ष पछि फर्किए महेन्द्र

फिल्मीखबर, काठमाण्डौ, 2012/10/01

ज्वालामुखी निर्देशन पश्चात फिल्म निर्देशनबाट टाढिएका निर्देशक महेन्द्र बुढाथोकी पुनः फिल्म निर्देशनमा फर्किएका छन् । संगम, त्रिवेणी, आँधितुफान र मैदान निर्देशन सहित चर्चित टेलिफिल्म करुणा समेत निर्देशन गरेका महेन्द्रले आईतबार देखि 'स्टार' टाईटल राख्दै फिल्म निर्देशन सुरु गरेका हुन् ।

 

हिरोईन बन्न संघर्ष, त्यसपछिको सफलता र सफलतासंगैको उन्मादको कथालाई महेन्द्रले आफ्नो नयाँ फिल्म भनेका छन् । जसको प्रमुख कलाकार रहेकी छिन् सुमिना घिमिरे । उक्त फिल्ममा निरज बराल पनि हिरोको रुपमा छन् । आईतबार बिहान जोरपाटी स्थित चापागाई स्टूडियोमा उक्त फिल्मको शुभ-मुर्हतसंगै सुटिङ सुरु गरिएको हो ।

 


फिल्म नगरीको कथा बोकेको यो फिल्म जस्तै नवराज आचार्यको निर्देशनमा सुटिङ भईरहेको 'कलिउड' फिल्मको कथा पनि करिब उस्तै उस्तै रहेको अनुमान काट्न सकिन्छ किनकी त्यहाँ पनि हिरोईनकै संघर्ष कथा भनिएको छ । यस्तै रोज राणाले निर्माण गर्न लागेको 'हिरोईन' को त कुरै नगरौ सो फिल्ममा पनि शुरू देखि अन्त्यसम्म पुरै हिरोईनले फिल्म बोकेको बताइएको छ ।


यसैगरी राजकुमार राईको निर्माणमा जनकदीप पराजुलीले निर्देशन गरिरहेको 'प्रोड्यूसर' को कथा पनि फिल्म लाईन कै स्टोरी हो । उता ऋषि लामिछानेको निर्देशनमा बनिरहेको फिल्मको कथा पनि मोडलिङ फिल्डसंग रिलेटेड छ । यि बाहेक अघोषित रुपमा केही फिल्मको कथा पनि फिल्म लाईनकै बिषयमा आधारित रहि निर्माण हुने तयारीमा छन् । ३० भित्र सुटिङ सक्ने  बताईएको 'स्टार' मा निर्देशकका दाई रमेश बुढाथोकी, गणेश उप्रेती, श्याम घिमिरे पनि प्रमुख भूमिकामा छन् ।