मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुकेशलाई मेलिनाको किस उपहार

फिल्मीखबर, काठमाण्डौ, 2012/09/30

भोजपुरी फिल्म 'मायार आँचल' को सुटिङका क्रममा सिलगुढीमा नायिका मेलिना मानन्धरलाई भेटेका मुकेशले त्यो बेला नजर जुधाएर हेर्न सकेनन् । उमेरले मात्र हैन कामले पनि आफू भन्दा सिनियर कलाकारसँग प्रेम गर्छु भनेर सोच्नु त परै जाओस् बोल्न पनि गार्‍हो मान्थे उनी । आखिरमा प्रेम न हो कुन बेला को सँग हुन्छ थाहा हुँदैन । यिनै मुकेश र मेलिना केहि बर्ष पश्चात प्रेममा गाँसिए र आज भन्दा ठिक ४ बर्ष अघि बिबाह बन्धनमा पनि बाँधिए ।

 

०६५ साल असोज १४ गते आजैका दिन मेलिना मानन्धर र मुकेश ढकालको बिबाह भएको हो । प्रेम पछिको बिबाह गरेका यि दम्पतीको २० महिनाकी छोरी (मेलिस्का) पनि छिन् । बिबाह भएको चार बर्ष पुगेर पाँच बर्ष प्रवेशको अवसरमा मुकेश र मेलिनाले भव्य कार्यक्रम केहि गरेनन् तर एकअर्काले उपहार आदानप्रदान भने गरे ।

 

 

नजिकिंदै गरेको दशैंलाई समेत ध्यानमा राखेर मुकेशले मेलिनालाई पाँच सेट कुर्ता सरवाल उपहार दिए भने मेलिनाले मुकेशलाई उपहार स्वरूप एक किस दिईन् । श्रीमतीबाट किस उपहार पाएका मुकेश हाँस्दै भन्छन्, 'अरू गिफ्ट दिन बाँकी छ रे, अब हेरौं के-के दिने हुन् ।' अरू बेला दिने किस यो आज दिने किसमा केहि फरक महसुस मुकेशले गरे । हाँस्दै उनले भने, 'आजको किसले अलि बढि रोमान्चित बनायो ।'

 

मेलिनासँग पहिलो भेट भए पश्चात उनी जापान हानिए तर त्यहाँ एक बर्ष पनि बस्न सकेनन् र नेपाल फर्के । नेपाल फर्के लगतै उनका हातमा लड्डु नै लड्डु अर्थात मेलिनासँग प्रेम पछि बिबाह मात्र भएन कि दिन प्रतिदिन फिल्ममा पनि व्यस्त हुँदै गए । मेलिना केही सुस्त देखिईन् तर मुकेश व्यस्त । मुकेश सम्झन्छन्, 'उनी मेरो जीवनमा आएपछि मेरो जीवनले नयाँ मोड लियो ।' अहिले यो दम्पती निकै खुसी र सुखी छ । एकले अर्काको समस्या अनि भावना बुझ्नाले पनि फिल्म क्षेत्रमा यो जोडी सफल मानिएको छ ।

 

फिल्म क्षेत्रको यो सफल जोडीलाई फिल्मीखबरको तर्फबाट सफल दाम्पत्य जीवनको शुभकामना ! Happy Marriage Anniversary !!!