मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघको पत्रकार सम्मेलन स्थगित/ नकिम उद्दीनलाई मातृ शोक

फिल्मीखबर, काठमाडौँ, 2012/09/30

नेकपा माओबादीले औपचारिक रूपमा देशभर भोलिदेखि हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णयलाई लिएर आफ्नो धारणा प्रस्तुत गर्न डाकिएको चलचित्र संघको पत्रकार सम्मेलन आजलाई स्थगित भएको छ।

 

क्युएफएक्सका संचालक एबं चलचित्र संघका उपाध्यक्ष समेत रहेका नकिम उद्धिनको आमाको निधन भएको कारण जनाउदै आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको हो । चलचित्र संघका महासचिब प्रदिप उदयका अनुसार अब यो कार्यक्रम भोलि गरिनेछ ।

 

नेकपा माओबादीले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने निर्णयले गर्दा विभिन्न ठाउँमा हल बन्द हुने अवस्थामा छन् बिशेषगरी हिन्दी फिल्म प्रदर्शन गर्ने मल्टिप्लेक्स हलहरुलाई यसको बढी मार पर्नेछ ।

 

हाल व्यवसायी नकिम उद्धिनलाई पर्न गएको मातृ शोक प्रति फिल्मीखबर हार्दिक समवेदना ब्यक्त गर्दछ।