मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असोज २४ सम्म देशभर हिन्दी फिल्म नलाग्ने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/29

मंसिर १०गते सम्म ताम्सालिङ क्षेत्रका दश जिल्लामा हिन्दी फिल्म प्रदर्शन गर्न प्रतिबन्ध गर्ने निर्णय गरेको नेकपा माओवादीको सो निर्णयमा हेरफेर भएको छ । हल ब्यावसायीहरुसंगको बार्ता पश्चात माओवादीको सो निर्णयमा केही फेरबदल भएको हो ।

 

फिल्मीखबरलाई दिईएको जानकारी अनुसार ताम्सालिङ क्षेत्र मात्र हैन अब पुरै देशभरिका हलहरुमा सोमबार देखि हिन्दी फिल्म प्रदर्शन नहुने भएका छन् । यध्यपी मंसिर १० सम्मको यो अभियानलाई भने माओवादीले यहि असोज २४ सम्म मात्र निरन्तरता दिने छ । तर यो दश दिनमा हिन्दी फिल्म प्रदर्शन नहुँदा अधिकाश हलहरु बन्द हुने निश्चित छ । दश दिने हिन्दी फिल्म प्रदर्शनमा रोक हुँदा सिटी सेन्टर तथा सिभिल मलको अन्य विजनेसमा पनि धक्का लाग्ने निश्चित छ । 

 
भारतलाई आफ्नो पावर शो गर्ने उद्देश्य सहित भारतीय फिल्म र भारतीय सवारी साधन संचालनमा रोक लगाएको मोहन बैध पक्षको माओवादीले यो बिषयमा हलबालहरुको साथमा संयूक्त प्रेसमिट गर्दे भोली आईतबार दिउसो पत्रकार सम्मेलन गरी आफ्ना आधिकारिक धारणा पनि  सार्वजनिक गर्दैछ । लामो समय सम्मको प्रतिबन्धको कारण नेपाली फिल्मको बजार पूर्ण रुपमा  खस्किने भन्दै हल ब्यावसायीले माओवादी पार्टीसंग असन्तुष्टी जनाएपछि माओवादीको मङ्सिर २४ गते सम्मको प्रतिबन्धमा हेरफेर भएको हो ।