मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसिया उड्न लागेका आर्यनलाई एयरपोर्टमा धोका

फिल्मीखबर, काठमाण्डौ, 2012/09/29

नेपाल एयरलाईन्स मार्फत शुक्रबार राती मलेसिया उड्न लागेका आर्यन सिग्देललाई एयरपोर्टमा धोका भएको छ । निकै महत्वका साथ उनी आफैले प्राथामिकता दिदै आएको फिल्म 'धुँवा यो नशा' को मलेसिया प्रिमियरमा सहभागी हुन जाने क्रममा उनलाई नेपाल एयरलाईन्सको जहाजबाट धोका भएको हो ।


निर्माता रामप्रसाद रिजालको साथमा राति ११ बजे मलेसिया उड्ने बेलामा जहाजमा प्राविधिक गडबढी आएको भन्दै एयरलाईन्सले फ्लाईट क्यान्सिल गरेको थियो । फ्लाईट क्यान्सिल भएपछि सो फिल्मका निर्देशक लक्ष्मण रिजाल र एयरलाईन्सका कर्मचारी बीच एक घण्टा वादविवाद पनि भएको थियो । बादविवाद हुँदा मिडियाले घेरेपछि अन्तिम समयमा एयरलाईन्सले प्रिमियरमा सहभागी हुन मिल्ने गरी शनिबार बिहान ७ बजेको अर्को फ्लाईट तोके पश्चात विवाद साम्य भएको थियो ।

 

यस्तै फ्लाईट क्यान्सिल भएको बिषयमा माफी माग्दै आर्यनलाई अन्नपूर्ण होटलमा शुक्रबारको रात विताउने गरी एयरलाईन्सले ब्यवस्था गरिदिएको छ । शनिबार साँझ ६ बजेको प्रिमियरका लागि १२ सय दर्शकले टिकट काटिसकेका कारण आर्यन विदेशी भूमिको पहिलो प्रिमियरमा सहभागी हुन निकै उत्सुक थिए तर फ्लाईट क्यान्सिलका कारण मलेसिया पुग्न १२ घण्टा ढिला हुने भएपछी उनी निराश थिए ।

 

आर्यनले एयरपोर्टमा भन्दै थिए, 'पोष्टको काम सकिएपछि मैले आफैले यो फिल्म राम्रो संग हेर्न पाएको छैन त्यसैले यो प्रिमियरमा विशेष हुने थियो तर फ्लाईट क्यान्सिल हुँदा बोर भो ।' उता निर्देशक लक्ष्मण रिजालले नेपाल एयरलाईन्सको कुनै भर नभएको भन्दै भोली हुने प्रिमियरमा आफ्ना निर्माता र हिरो नपुगेको खण्डमा एयरलाईन्स विरुद्ध ठूलो क्षतिपूर्तीको दाबी सहित सर्वोच्च अदालतमा मुद्धा हाल्ने बताए ।


नेपालको रिलिज मिती कात्तिक ३ तय उक्त फिल्मको शनिबार मलेसियाको केलाङ स्थित पेनाङ हलमा प्रिमियर सहित थप दुई शो हुने जानकारी दिईएको छ । यो फिल्मको नेपाल रिलिजको अघिल्लो दिन कात्तिक २ गते जय नेपाल हलमा च्यारिटी शो पनि गरिदैछ ।