मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

थ्री लभर्सको हल ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/09/28

नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसर पारेर कार्तिक २४ गते देशभर एकसाथ प्रदर्शन गर्ने बताईएको फिल्म 'थ्री लभर्स' को हल ट्रेलर सार्वजनिक गरिएको छ । आगामी शुक्रबार रिलिज हुने फिल्म 'भिसा गर्ल' रिलिजसँगै हलमा रिलिज गरिने सो प्रोमोलाई अनलाईन मार्फत आज शुक्रबार सार्वजनिक गरिएको हो ।

 

सार्वजनिक प्रोमोमा ठूलो पर्दा मार्फत पहिलो पटक सार्वजनिक हुन लागेकी नायिका प्रियंका कार्कीलाई बढि प्राथमिकता दिईएको छ । निर्देशक सुरेश दर्पण पोखरेलका अनुसार फिल्मको कथा नै प्रियंका केन्द्रित भएकाले उनलाई हाईलाईट गरिएको बताए । सुरेन्द्र पौडेलले तयार पारेको १ मिनेट ३९ सेकेण्डको सो प्रोमोमा मायाप्रेम, रोमान्स, ग्ल्यामरको साथमा द्धन्दलाई समेटेर मसलायुक्त बनाईएको छ ।

 

रिलिजका हिसाबले पहिलो फिल्म भएकाले नायिका प्रियंका कार्की पब्लिसिटीमा दिल खोलेर जुट्ने भएकी छिन् । हाल कलिउड फिल्ममा व्यस्त रहेकी यि नायिकालाई अनस्क्रिन प्रेमीको रूपमा निरज बराल र देबु श्रेष्ठले साथ दिएका छन् । मलेशियन प्रोजेक्ट 'सेफ ल्याण्डिङ' को सुटिङ केहि दिन अगाडी मात्र सकेका निरजले पनि यो फिल्मले आफ्नो करियरमा महत्वपूर्ण भुमिका खेल्ने बताउँदै पब्लिसिटीमा जुट्ने बताए । अर्का नायक देबु श्रेष्ठ पनि आफ्नो पहिलो फिल्म भएकाले पब्लिसिटीका लागी बेल्जियमबाट केहि दिनमा नेपाल आउँदै छन् ।

 

कलाकार मात्र हैन निर्देशक सुरेश दर्पण पनि थ्री लभर्स रिलिज नभए सम्म अरू कुनै प्रोजेक्ट नगर्ने बताए । उनले भने, 'यो फिल्म मेरो लागि बिशेष छ त्यसैले यसको काम नसकुञ्जेल अरू प्रोजेक्ट शुरू गर्दिन ।' थ्री ब्रदर्श क्रियशन बेल्जियमको प्रस्तुतीमा निर्माण भएको थ्री लभर्समा प्रियंका, निरज र देबुको साथमा सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको पनि मुख्य भुमिका रहेको छ ।

 

राजन इशान र बाबु बोगटीको संगीत रहेको यो रोमान्टिक फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् । फिल्ममा पुरूशोत्तम प्रधानको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । सागर पोखरेल, स्टोरी पोखरेल र प्रिन्स श्रेष्ठ फिल्मको निर्माता हुन् ।