मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

केपीले रेड मार्केट बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2012/09/28

टाईटललाई मध्यनजर गर्ने हो भने यो बिषय यौन माथि केन्द्रित छ भन्न सकिन्छ तर निर्देशक केपी पाठकले भने यसको रहस्य खोल्न चाहेनन् । विगत केही महिना यता ठमेल स्थित रेड कार्पेट टुर्स एण्ड ट्राभल्सको ब्यावसायमा समेत हात हालेका केपीले यहि माघ महिना देखि नयाँ फिल्म निर्माण गर्न लागेका हुन् ।

 

जोईन्ट प्रोडक्सनमा उनले निर्माण गर्ने फिल्मको नाम 'रेड मार्केट' तय गरिएको  छ जसको स्क्रिप्ट अर्का निर्देशक मनोज पण्डितले तयार गरिरहेका छन् । 'गाजल' निर्माण पश्चात सोसल ड्रामा शैलीको 'मैना' बनाएका उनले सो फिल्म आउदो  फागुन महिना भित्र देशभरिका हलमा  रिलिज गर्ने तयारी पनि गरिरहेका छन् ।

 

उनले नेपाल रिलिज पोष्टपोण्ड गर्दै ऒभरसिज शोबाटै   मैनाको लगानी करिब उठाईसकेका छन् । केपीले नयाँ फिल्म निर्माणको लागि स्क्रिप्ट सहित कलाकार छनोटमा  ब्यस्त रहेको  फिल्मीखबरसंगको भेटमा बताएका हुन्  ।