
दशैं होस् या तिहार अथवा तीज नै किन नहोस् नेपाली फिल्ममा यस्ता महत्वपूर्ण चाडबाडको बारेमा गीत कमै प्रयोग गरिन्छ । तर हालसम्म चाडबाडका जे जति गीत प्रयोग गरिएका छन् ति सबै हिट छन् । यहि क्रममा निर्देशक प्रमोद भण्डारीले आफ्नो फिल्म 'नतिजा' मा नेपालीहरूको महान चाड दशैं बिशेष गीत राखेका छन् जुन गीतलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।
नजिकिंदै गरेको दशैं पर्वको अवसरमा गीत राम्रो चल्ने सोचेर निर्देशकले अडियो गीत सार्वजनिक गरेका हुन् । केहि दिन अगाडी मात्र छायाँकन सकिएको सो फिल्मको दशैं बिशेष भिडियो पनि केहि दिनमा सार्वजनिक गर्ने निर्देशक भण्डारीले बताए । प्रल्हाद भक्त संग्रौलाको शब्द संगीत रहेको सो गीतमा राजेश पायल राई र मनिषा पोखरेलको आवाज रहेको छ ।
सपना श्रेष्ठ तथा गोबिन्द तिमल्सिनाको संयुक्त निर्माण रहेको नतिजामा बिशाल पोखरेल, हर्षिका श्रेष्ठ, सोहित मानन्धर र सिर्जना सुब्बाको मुख्य भुमिका रहेको छ । प्रेमकथामा आधारित सो फिल्म पौष २७ गते रिलिज हुने बताईएको छ ।
Click her for audio : Dashain Aayo...