मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कतारमा फेसबुक देखाईने

शैलेन्द्र कठायत, दोहा, 2012/09/28

हरेकको मन मस्तिष्कमा बस्न सफल भएको सामाजिक संजाल फेसबुकलाई आधार मानेर निर्माण गरिएको फिल्म 'फेसबुक' कतारको दोहा सिनेमा हलमा लाग्ने भएको छ । महेन्द्र खड्काको आयोजनामा भविन्द्र तामाङले संयोजन गरेको फिल्मको शो यहि अक्टुबर १२ तारिखका दिन हुनेछ ।

 

११:३० र २:३० गरि दुई शो चलाउन लागिएको सो फिल्मलाई सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरेका हुन् । सुनिल कुमार थापाले निर्माण गरेको उक्त फिल्ममा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुवास थापा लगायतले अभिनय गरेका छन् । सामाजिक संजाल फेसबुकले समाजमा पारेको नकारात्मक प्रभावको साथमा मायाप्रेम अनि बेरोजगारी समस्यालाई चित्रण गरिएको फेसबुकले नेपालबाट भने राम्रो प्रतिक्रिया पाउन सकेन ।
 

नेपालबाट सोचे अनुरूपको व्यवसाय गर्न नसके पनि कतारमा रहेका नेपालीहरू भने यो फिल्म हेर्न आतुर रहेको कार्यक्रम व्यवस्थापक भानु शर्माले जानकारी गराए । उनले भने, 'अहिले देखि नै टिकट बुकिङ शुरू भईसकेको छ । फिल्म राम्रो चल्छ भन्नेमा हामी आशावादी छौं ।'