मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

`भेटी` का निर्माता खतिवडाको होस खुल्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/09/27

अचानक हर्ट अट्याक भएपछि गत शनिबार साँझ भरतपुर मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरिएका फिल्म 'भेटी' का निर्माता नारायण खतिवडाको बल्ल होस खुलेको छ ।

 

पाँच दिन सम्म बेहोस् अवस्थामा रहेका खतिवडाको बुधबार साँझ होस खुलेको निर्माता खतिवडाले जानकारी गराए । बुधबार आईसियूबाट जनरल वार्डमा सारिएका खतिवडाको स्वास्थ्य अवस्था अहिले भने सुधारमा आएको छ । उनलाई अझ केहि दिन अस्पतालमा राखिने छ । अब केहि दिन आराम गरेर फिल्मको पब्लिसिटीमा जुट्ने निर्माता खतिवडाले फिल्मीखबरलाई बताए ।
 

खतिवडाले निर्माण गरेको फिल्म 'भेटी' यहि कार्तिक १७ गते देखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । किशोर चौधरीले निर्देशन गरेको सो फिल्ममा रेखा थापा, रागिनी खड्गी, प्रमोद खड्का, राजेन्द्र खड्गी लगायतले अभिनय गरेका छन् ।