
विगत दुई बर्ष देखि नेपालमा पनि आयोजना हुदै आएको म्यानहटन फिल्म फेस्टिवल अन्र्तगत 'एकादेशमा' टाईटलको नयाँ श्रृङखला पनि थप गरिएको छ । अन्डरग्राउन्ड टाकिजको आयोजनामा हुने गरेको नेपाल च्याप्टरको म्यानहटन फिल्म फेस्टिवल अन्र्तगत उदयमान तथा प्रतिभावान फिल्मकर्मीहरुको साझा चौतारी नारा दिदै सो श्रृङखलालाई थप गरिएको हो ।
यस्तै नयाँ श्रृङखला थप गरिसंगै यस पटकको म्यानहटन फिल्म फेस्टिवलका दश फिल्म संगै नयाँ श्रृङखलाका १० वटा फिल्महरु प्रदर्शन गरिने भएको छ । बुधबार प्रेस मिट गर्दै अन्डरग्राउन्ड टाकिजले यहि असोज २० र २१ गते एकादेशमा श्रृङखला अन्र्तगतका १० मध्ये ७ वटा फिल्म विश्वब्यापी रुपमा पहिलो प्रदर्शन र ३ वटा नेपालमा पहिलो पटक प्रदर्शन हुने जनाएको छ ।
कार्यक्रममा दिईएको जानकारी अनुसार महोत्सवको एकादेशमा श्रृखला अन्र्तगत नेपाली फिल्मको भविष्य बिषयमा केही निर्देशक, निर्माता, कलाकार, सम्पादक, ध्वनी संयोजक र छायाकारहरु संगको अन्तरकृया कार्यक्रम पनि हुने छ । कार्यक्रम प्रदर्शनी मार्ग स्थित टुरिजम बोर्डमा हुने छ ।