
दुई साता अघि प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएको ७० बुँदे माग पत्र कार्यान्वयन नभएको भन्दै मोहन बैध नेतृत्वको नेकपा माओवादीले ताम्सालिङ क्षेत्रका दश जिल्लामा हिन्दी फिल्म चलाउन तथा गीत संगीत सहित कुनै पनि हिन्दी सामाग्री प्रकाशन, प्रसारण एवं वितरणमा रोक लगाएको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालल उठाउदै बुझाएको ७० बुँदे मागलाई तुरुन्त कार्यान्यवयनमा ल्याउन दवाव दिने उद्धेश्य सहित माओवादीले आज देखि मंसिर १० गते सम्मका लागि चितवन लगायतका ताम्सालिङ अर्न्तगतका दश जिल्लामा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको हो । यस्तै माओवादीले आजदेखि भारतीय सवारी साधनलाई पनि ताम्सालिङ क्षेत्रमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।
ताम्सालिङ अर्न्तगत चितवन, मकवानपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रे सहित सिन्धुपाल्चोक लगायतका जिल्ला पर्दछन् ।