
तीन बर्ष अघि अभिनेत्री करिश्मा मानन्धरले आफ्नो 'ब्रेष्ट' मा रेड रोज ट्याटु बनाउँदा सो बिषयले निकै चर्चा पाएको थियो । यस्तै गत बर्ष करिश्माले ट्याटु बनाएको स्थानमै अर्की हिरोईन सुष्मा कार्कीले पनि सूर्यको ट्याटु खोपेकी थिईन् तर अहिले आएर सुष्मा र करिश्मा अघि अभिनेत्री मौसमी मल्लले ट्याटु बनाएको रहस्य बाहिरिएको हो ।
मंगलबार आफू अभिनित फिल्म खोजको प्रेस मिटमा आउँदा मौसमीको 'लेफ्ट ब्रेष्ट' मा ट्याटु देखिदा मिडियाको ध्यानाकर्षण भएको थियो । १२ बर्ष बेल्जियम बसेर सात बर्षअघि नेपाल फर्किदा उनले पुतली डिजाईनको 'परमानेन्ट' ट्याटु खोपेकी थिईन् जसको कलर कम भएपछि उनले केही दिन अघि थपेको पनि छिन् । मिडियाले ट्याटु फोकस गरेर फोटो खिच्न खोजेपछि मौसमीले आफ्नो कपालले ट्याटु छेपेकी थिईन् ।
'मेरो ट्याटु देखाउनको लागि हैन त्यसैले फोटो नखिच्दा नै बेस हुन्छ', उनले भनिन् । हाल आफू निर्मित फिल्म 'समय' को पोस्ट-प्रोडक्सन र 'कुन्ठा' भन्ने फिल्ममा ब्यस्त रहेकी मौसमीले सोही फिल्मका निर्देशकको डिमान्डका कारण पुरानो ट्याटुमा कलर थपेकी हुन् जुन कलर थपाईसंगै उनको ट्याटु रहस्य बाहिरिएको हो ।