मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अडियो विमोचन : मर्ने बेलामा हरियो काँक्रो

फिल्मीखबर, काठमाण्डौ, 2012/09/26

फिल्म मात्र बनाउनु ठूला कुरा हैन त्यो फिल्मलाई दर्शक सामु कसरी परिचित बनाउदै सफलता हासिल गर्नु अर्को प्रमुख चुनौती पनि हो । फिल्म राम्रो बनाउन कुनै कसुर नराखेको बताउने तर उपयुक्त प्रमोशन तरिका अपनाउन नजान्दा धेरै निर्माताहरु मात खानेका गरेका छन् । 


फिल्म कस्तो बन्यो त्यो रिलिज पछिको कुरा तर रिलिज अघि पब्लिसिटीबाट फिल्मको पकड राम्रो भए ईनिसियल विजनेशले निर्माताहरु सुरक्षित हुने प्रबल आधारहरु छन् । तर साघुँरो बजार त्यसमाथि एकै हप्ता एक हिन्दी सहित थप तिन नेपाली फिल्मको भिडन्तमा परिरहेका निर्माताहरुको साघुँरो र अव्यवहारिक पब्लिसिटी कन्सेप्टले स्वयम विजनेस मात्र हैन कलाकारको स्टार भ्यालुमा समेत ह्रास पुर्‍याउने देखिन्छ । जुन दृश्य यहि शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको फिल्म खोजको प्रेस मिटमा पनि देखियो ।


रिलिजको बिषयलाई लिएर यस अघि कुनै पनि कार्यक्रम नगरेको सो युनिटले रिलिज पूर्वको तीन दिन अघि फिल्मको अडियो विमोचन गरेको छ । किशोर ढकालको निर्देशनमा तयार भएको सो फिल्मको अडियो विमोचन मौसमी मल्ल, सुमन सिंह, दीपशिखा शाही, कल्पना शाही, रवि बस्नेतले गरेका थिए । फिल्मका मुख्य कलाकारहरुमा विराज भट्ट,  विजय देउजा, गोपाल ढकाल छन्दे पनि पर्दछन् । 

 

फिल्मको संगीत त्यस्तो सशक्त माध्यम हो जसको कारणले नेपालमा थुप्रै फिल्महरु हिट भएका छन् तर यो फिल्मको टिमले भने मर्ने बेलामा हरियो काँक्रो भने झैं रिलिजको तीन दिन अघि अडियो विमोचन गरेर अचम्मको बहादुरी देखाएको छ । हेरौं यो बहादुरीले बिजनेस नतिजा कस्तो निकाल्ने हो । फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ ।