मिति : २०८२ ज्येष्ठ २५, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै गीतका लागि सात लाख खर्च

फिल्मीखबर, काठमाण्डौ, 2012/09/25

मंसिर १५ गते रिलिज हुने भनिएको फिल्म 'मेरो जीवन साथी' को एक गीतका लागि निर्माता सूर्य कार्कीले सात लाख खर्चिंदैछन् । यसअघि करिब साढे दुई लाख खर्चेर सुटिङ गरिएको जाउँ हिंड पोखरा... बोलको गीतलाई अब करिब ५ लाख खर्चेर रि-सुट गरिन लागेको हो ।

 

फिल्ममा निर्देशक दिवाकर भट्टराईले फिल्मीखबरसँग कुरा गर्दै भने, 'पहिला गरिएको सुटिङ चित्त बुझेन त्यसैले अब गर्दा राम्रो नै गरौं भनेर साढे तीन लाखको सेट लगाएर सुटिङ गर्दैछौं ।' राजु पेन्टरले बालाजु स्थित चलचित्र विकास कम्पनीको ल्याबमा सेट तयार गर्न लागेको बताउँदै दिवाकरले सेट सहित करिब पाँच लाख सुटिङमा खर्च हुने बताए । राजेश हमाल, रेखा थापा, रेश मरहठ्ठा, शुष्मा कार्की, रागिनी खड्गी, शिवन पोख्रेल लगायतका कलाकारको डान्स रहने सो गीतको सुटिङ असोज २० र २१ गते गरिनेछ ।

 

दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको सो गीतमा उदितनारायण झा र संजिवनीको स्वर रहेको छ । गीतको करियोग्राफी कविराज गहतराजले गर्नेछन् । रि-सुट गर्न लागिएको उक्त गीतको अडियोलाई सार्वजनिक गरिएको छ । सुन्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला !

 

जाउँ हिंड पोखरा...