
फिल्मको भिडमा नयाँ बिसयबस्तु उठाएर निर्माण गरिएको `माई ब्रदर` असोज १९ देखि देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । रिलिज मिती जति नजिकिंदै छ निर्माण युनिटले पब्लिसिटीलाई पनि तिब्र पारिरहेको छ । यहि क्रममा आज मंगलबार फिल्म बिल्कुलै नयाँ प्रोमो सार्वजनिक गरिएको छ ।
सार्वजनिक प्रोमोमा फिल्ममा बिशेष भुमिकामा देखिएका नायक जीवन लुईटेलको साथमा १५ हजार प्रतिस्पर्धी हरुलाई जित्दै को बन्छ कलाकार को बिजेता भएका लक्की दीपक पाण्डे सहित नायिका सुमिना घिमिरे, अभिनेता रमेश बुढाथोकी, अभिनेत्री विमला गिरी र बालकलाकारद्धय अनिश कडेंल र रोजन न्यौपानेलाई देख्न सकिनेछ । पारिवारिक कथा बोकेको सो फिल्ममा यिनै उल्लेखित नामहरू नै फिल्ममा मुख्य पात्र हुन् ।
बिष्णु भट्टराईको लेखन तथा निर्देशन रहेको सो फिल्मलाई अबिरल फिल्मसको व्यानरमा सरु भट्टराई र मैनादेवी भण्डारीले निर्माण गरेका हुन् । फिल्ममा बिरेन्द्र भट्टको छायाँकन, अष्ट महर्जनको द्धन्द, तारा प्रकाश लिम्बु, बिपिन आचार्य र तिलकको संगीत तथा कविराज गहतराजको करियोग्राफी रहेको छ ।