बालकृष्ण समको पहिलो एकाङ्की नाटकमा आधारित फिल्म 'बोक्सी' को च्यारिटी शो आगामी कार्तिक २ गते नेपालगञ्जको वागेश्वरी चलचित्र भवनमा गरिने भएको छ । समाजमा रहेको अन्धबिश्वास बोक्सी प्रथालाई अन्त्य गर्न फिल्मी क्षेत्रवाट गरिएको पहिलो प्रयास साथै वाल मनोविज्ञान डर भ्रमलाई अन्त्य गर्न निर्माण गरिएको फिल्म बोक्सीलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गरेका हुन् ।
किन लाग्छ माया जस्तो सफल फिल्म दर्शकलाई केही समय अघि मात्र दिएका निर्माता घोरासैनीले 'बोक्सी' को च्यारिटी शो गर्नुको मुख्य उद्देश्य नै मोफसलमा रहेर पनि नेपाली फिल्मको प्रमोशनमा ठुलो भुमिका खेल्दै आएको बाँके चलचित्र पत्रकार संघलाई आर्थिक रुपमा सहयोग गर्नु रहेको जानकारी गराए । 'बोक्सी' कुनै काल्पनिक कथा नभएर नेपालका विभिन्न स्थानमा बोक्सीको आरोपमा हत्या समाजबाट निकाला हुने साथै घरपरिवारबाट अपहेलित हुने जस्ता समाजमा घटेको यथार्थ कथामा आधारित रहेको घोरासैनीले वताए ।
पपुलर मल्टिमिडियाको व्यानरमा निर्मित फिल्म बोक्सीलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् भने फिल्ममा विकाश गुरुङको संगित, अविनाश श्रेष्ठको कथा रहेको छ । चलचित्र विकाश बोर्डबाट २०६६ सालमा विशेष फिल्म घोषणा गरिएको बोक्सीमा शंकर लामिछाने, शुभेच्छा थापा, शक्तिवल्लभ घोरासैनी र बालकलाकारमा राज आचार्यको मुख्य भुमिका रहेको छ ।
मिति : २०८२ ज्येष्ठ २५, आईतवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
नेपालगञ्जमा बोक्सी देखाईने
विष्णु शाही, नेपालगञ्ज, 2012/09/24
- फागुन १ मा पुग्यो ‘कल्ली’, यस्तो बन्यो पोस्टर
- युरोपमा नेपालीको संघर्षको कथामा फिल्म ‘रातो पासपोर्ट’ बन्ने
- झापाबाट ‘परिवर्तन’को छायांकन सुरु, बाँधियो सुशील र अञ्जनाको जोडी
- ‘बलिदान’को पोस्टरमा यस्ता देखिए सौगात
- ‘यो मन त मेरो नेपाली हो’को टिजरमा के छ ?
- आमा बनिन् ‘लभ डायरीज’की अभिनेत्री रुविना
- नीताको ‘रियाल रिङ्गेट’ साउन १६ गते रिलिज हुने
- सविनलाई लिएर फिल्म ‘कश्यप’ बन्ने
- प्रदर्शनमा उत्रियो ‘जन्ते बाख्रो’, चुनौती ‘हाउसफुल ५’
- ‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला